सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका दुई युवक खैरो हेरोईनसहित पक्राउ

२०८१ वैशाख ३१, ०८:०६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका दुई युवक खैरो हेरोईनसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-१० चकमेलीघाट नजिकबाट सोही ठाउँ बस्ने २२ वर्षीय बिषेश नाथ योगी र २७ वर्षीय राजेन्द्र भाट २४० मिलिग्राम खैरो हेरोईन (लागूऔषध)सहित पक्राउ परेका हुन्। आइतवार राति लागूऔषधसहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  

कमेन्ट लोड गर्नुस