सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ वैशाख ३१, ०७:५१ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १४ हजार ६०२ जरिवाना ठहर भई फरार रहेका गोदावरी नगरपालिका-१ बस्ने ४० वर्षीय रविन्द्र सोव पक्राउ परेका हुन्। सोवलाई आइतवार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस