सुदूर नेपाललाई विश्वसँग जोड्दै

तस्करका अर्का जासुस पदम पनि प्रहरीको फन्दामा

२०८१ वैशाख ३०, ०९:४४ नारायण अवस्थी


धनगढी: धनगढीमा तस्करहरूका तर्फबाट प्रहरीको जासुसी गर्ने थप एक जना पक्राउ परेका छन्। शनिवार धनगढी-७ का बुद्धीराम चौधरी पक्राउ गरेको प्रहरीले आज धनगढी-९ ताराताल घर भएका ३२ वर्षीय पदम पार्कीलाई पक्राउ गरेको हो।

धनगढी-८ को भगतचोकमा कपाल काट्ने काम गर्दै आएका पार्कीले दिउँसो कपाल काट्ने तथा रातिको समयमा तस्करहरूलाई प्रहरीबारे सूचना दिने गरेका थिए। बिगत ७/८ वर्षदेखि प्रहरीबारे तस्कर समूहहरूलाई सूचना दिने गरेको पार्कीले प्रहरीलाई बयान दिएका छन्।

पार्कीले बङग्राकटानदेखि भगतचोकसम्मको सूचना तस्कर समूहलाई दिने गरेको कैलाली प्रहरी प्रवक्ता कविन्द्रबहादुर बोहराले बताए। उनले प्रति सूचना तस्कर समूहबाट ५ सय रकम लिने गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तस्कर समूहहरूले धनगढीमा प्रहरी विरुद्ध जासुसी गर्ने व्यक्तिहरूको समूह नै बनाएर लामो समयदेखि परिचालन गरेको खुलेको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस