सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको १ नम्बर वडामा सरसफाइ सप्ताह सुरु 

२०८१ वैशाख २१, ११:५२ खबर संवाददाता

धनगढीः धनगढीको १ नम्बर वडामा सरसफाइ सप्ताह सुरु भएको छ।

धनगढी उपमहानगरपालिकाको १ नम्बर वडाका अध्यक्ष सन्तोश मुडभरी, सामाजिक परिचालिका भगेश्वरी उप्रेतीको उपस्थितिमा सप्ताह सुरु भएको हो। बिहीवार २० गतेदेखि सरसफाइ सप्ताह सुरु भएको वडा अध्यक्ष मुडभरीले जानकारी दिए। वडाका सबै बासीहरुलाई सरसफाइ सप्ताहमा सहभागी हुन् उनले आग्रह गरे। 

कमेन्ट लोड गर्नुस