सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेशको कार्यक्षेत्रमा लगातार दुई पटक सम्मानित भए एसएसपी विष्ट

२०८१ वैशाख १९, ०९:१९ खबर संवाददाता

धनगढी: कार्यसम्पादनमा उत्कृष्ट काम गरेको भन्दै बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्ट दुई प्रदेशमा कार्यरत रहदा दुबै पटक सम्मानित भएका छन् ।

नेपाल प्रहरी प्रदेश कार्यालयमा  कार्यरत रहदा आर्थिक वर्ष २०७९/०८० मा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट नगद पुरस्कार सहित सम्मानित भएका एसएसपी विष्ट आर्थिक वर्ष  २०८०/८१ मा  पनि सम्मानित भएका छन् । प्रहरी कर्मचारीहरुले संगठनको नीति निर्देशन अनुरुप अनुशासित र कर्तव्यनिष्ठ तवरले विभागीय अर्डर आदेशको पालना गर्नुका साथै आफूलाई दिइएको जिम्मेवारी पूर्ण इमान्दारी, बफादारी, प्रसंशनीय तथा अनुकरणीय तवरले कार्यसम्पादन गरेको भन्दै  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट सम्मानित भएका हुन्।

२०५१ साल चैत्र ५ गते नेपाल प्रहरीमा सेवा प्रवेश गरेका विष्ट २०७२ सालमा एसपीमा बढुवा भएका थिए भने २०७९ साल साउनमा एसएसपीमा बढुवा भएका हुन्। प्रहरी निरीक्षक  र डिएसपी पदमा कार्यरत रहँदा एसएसपी विष्ट चुनौतीपूर्ण स्थानहरुमा काम गरिसकेकोले कार्य दक्षतामा राम्रो भएको इमान्दार अधिकृत मानिन्छन्।

एसएसपी विष्ट प्रहरी निरीक्षक  र डिएसपी हुँदा अति चुनौतीपूर्ण स्थानहरुमा दक्षतापूर्वक उत्कृष्ट काम गरी पटक-पटक पुरस्कृत भएका प्रहरी अधिकारी हुन्। कार्यसम्पादनमा उत्कृष्ट काम गर्दै आएका एसएसपी बिष्ट हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा धनगढी कैलालीमा कार्यरत छन् ।

कमेन्ट लोड गर्नुस