धनगढीको सहिद गेटबाट मोटरसाईकल चोरी
धनगढीः धनगढीको सहिद गेटबाट मोटरसाईकल चोरी भएको छ।
धनगढी उपमहानगरपालिका–४ चटकपुर सहिद गेटको एम कलर सेन्टरको अगाडी राखेको निरज चौधरीको सुदूरपश्चिम प्रदेश ०१०१० प ७९७८ नम्बरको २०० सिसि एनएस बल्याक र ग्रे कलरको मोटरसाईकल गएराति १ बजे देखि २ बजेको बिचमा चोरी भएको हो।
चोरी गर्ने दुई जना व्यक्ति आरोन फाइभ भी थ्री मोडेलको मोटरसाईकमा आएर चोरी गरिएकोसो क्षेत्रमा लगाएको सिसिटीभी फुटेजमा देखिएको छ। मोटरसाईकलको खोजीका लागि आजै प्रहरीमा निवेदन समेत दिएको निरजले बताए। कसैले देखे वा भेटेमा ९८२५६४६१६१ नम्बरमा तथा प्रहरीमा सम्पर्क गर्न अनुरोध गरेका छन्।