सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अबैध गहुँ र गोरुगाडासहित ३ जना पक्राउ

२०८१ वैशाख १०, ०८:४० खबर संवाददाता

धनगढीः धनगढीमा अबैध गहुँ र गोरुगाडासहित ३ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याउदै गरेको २ लाख ८१ हजार ५१० मूल्यको ३७ कुन्टल १७ के.जी. गहुँ र गोरुगाडा (डल्लव)सहित ३ जना पक्राउ परेका हुन्।

जिल्ला लखिमपुर खिरी गौरीफण्टा ग्राम कजरिया भारत बस्ने ३५ वर्षीय रामशरण रानासहित तीन जना भारतिय नागरिकलाई आईतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। उक्त गहुँ र गोरुगाडासहित पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ।

कमेन्ट लोड गर्नुस