अदालतबाट दोषी ठहर धनगढीकी एक फरार महिला पक्राउ
धनगढीः अदालतबाट दोषी ठहर भएकी धनगढीकी एक फरार महिला पक्राउ परेकी छिन्। धनगढी उपमहानगरपालिका-८ बस्ने ४० वर्षीया चन्द्रादेवी बोहरालाई आईतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा ५ लाख एक हजार र जाल साक्षी मुद्दामा ८ लाख ६० हजार जरिवाना ठहर भएपछि उनी फरार रहेकी थिइन्। पक्राउ परेकी बोहरालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए।