सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सवारी ज्यान मुद्दाका फरार दोषी पक्राउ

२०८१ वैशाख ९, ०५:४७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा सवारी ज्यान मुद्दाका फरार दोषी पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त  नगरपालिका–६ शुकासालका सवारी ज्यान मुद्दामा दोषी ठहर करन चन्द पक्राउ परेका हुन्। उनी जिल्ला अदालत कञ्चनपुरको २०८० माघ ८ गतेको फैसलाबाट दोषी ठहर भएका थिए।

२ महिना ८ दिन कैद र ७० हजार जरिवाना तोकिएका चन्द फरार थिए। फरार चन्दलाई शुक्रवार प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका  प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए।
 

कमेन्ट लोड गर्नुस