सुदूर नेपाललाई विश्वसँग जोड्दै

समृद्ध सुदूरपश्चिमका लागि मन्दिर होईन अब उद्योगमा लगानी गरौँ : सांसद जोशी

२०७६ जेठ ९, ०८:१९ खबर संवाददाता

नेकपाका प्रदेशसभा सदस्य महेशदत्त जोशीले सुदूरपश्चिम प्रदेशमा मन्दिर नभएर उद्योगमा लगानी गर्न आवश्यक रहेको बताएका छन्। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले झण्डै तीन सय मन्दिर निर्माणका लागि १६ करोड बजेट विनीयोजन गरेको भन्दै जोशीले अब उद्योगमा लगानी गर्नुपर्ने बताएका हुन्। बीहिबारको प्रदेशसभा बैठकमा प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट दस्तावेजमाथिको छलफलमा भाग लिएर बोलेका प्रदेशसभा सदस्य जोशीले  पर्यटन मन्त्रालय हो की मन्दिर मन्त्रालय भनी प्रश्न गर्दै अगामी दिनमा त्यस्तो नहोस् भन्दै सरकारको ध्यानाकर्षण गराए।

उनले सुदूरपश्चिबासीको आर्थिक समृद्धिका लागि प्रदेश सरकारले नीजि क्षेत्रसंग साझेदारी गर्दै उद्योग कलकारखाना सञ्चालन गर्ने नीति ल्याउनुपर्ने माग गरे। सुदूरपश्चिममा बन्द अवस्थामा रहेका उद्योग सञ्चालन गर्नु पनि प्रदेश सरकारको दायित्व भित्र पर्ने भन्दै प्रदेशसभा सदस्य जोशीले त्यसतर्फ पनि गम्भीर बन्नुपर्ने उल्लेख गरे। प्रदेशको राजधानी  अत्तरियामा रहेको रोजिन एण्ड टर्पेन टाईन उद्योग कुन अवस्थामा रहेको उक्त कुरा खोज्नुपर्ने बताउदै जोशीले उद्योग किन बन्द भयो भन्ने जिज्ञाशा राखे भने उद्योग सञ्चालन भएमा प्रदेशबासीले रोजगारी अवसर पाउने विश्वास व्यक्त गरे। यस्तै उनले जंगल क्षेत्रको ५ किलोमिटर आसपासमा उद्योग स्थापना गर्न नदिने नीति पनि विकास विरोधी भएको बताउँदै यस किसिमका नियम पारित गर्नु नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। 
 

कमेन्ट लोड गर्नुस