कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
भजनी नगरपालिका-३ जसबहादुर घाटबाट ४०० मिलीग्राम लागूऔषध (खैरो हेरोईन)सहित जानकी गाउँपालिका-३ बस्ने २२ वर्षीय प्रदिप चौधरीसहित दुई जनालाई आईतवार साँझ प्रहरीले पक्राउ गरेको हो।
उनीहरु भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।