कैलालीमा लागुऔषधसहित एक जना पक्राउ
२०८१ वैशाख २, ०८:१९
धनगढीः कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको गौरीगंगा नगरपालिका–१ चौमाला बजारबाट १४० मिलिग्राम लागूऔषधसहित सोही स्थानका २० वर्षीय समिर खड्का पक्राउ परेका हुन्। शनिबार विहान प्रहरीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागुऔषध फेला परेपछि खड्कालाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस