पूर्वराजा ज्ञानेन्द्र शाहको टोली बर्दिया राष्ट्रिय निकुञ्जमा
पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार सहित बर्दिया पुगेका छन्। राजा बाघ हेर्न बर्दिया राष्ट्रिय निकुञ्ज आइपुगेका हुन्।
मध्यपश्चिम नेपालको भ्रमणमा रहेका उनी बिहीवार अपरान्ह बर्दिया पुगेका हुन्। नयाँ वर्षको पूर्वसन्ध्यामा दिउँसो ३ बजे निकुञ्ज प्रवेश गरेका शाहसँगै ४ वटा जीपमार्फत सफारी गरेका छन्। उनीसँगै पारसलगायत अन्य परिवारका सदस्यहरूले निकुञ्ज अवलोकन गरेका हुन्। टोलीले हात्ती, चित्तल, चरालगायतका वन्यजन्तुको अवलोकन गरेका छन्।
बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पूर्वराजा शाहलगायत १९ जनाको टीमले करिब ३ घण्टा समय विताएको पन्छीविज्ञ एवं वरिष्ठ प्रकृति पथप्रर्दशक रामबहादुर शाहीले बताए। गणेश ताल, धनेस ताल, खोदाउ तालहुँदै लम्कौली फाँटा भएर पूर्व राजाको भ्रमण टोली फर्किको छ।