सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाञ्जाको कुटपिटबाट मामाको मृत्यु

२०८० चैत्र २८, ०६:१५ खबर संवाददाता

चितवनः चितनमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको इच्छाकामना–१ का २३ वर्षका लोकबहादुर चेपाङको कुटपिटबाट ४२ वर्षीय चन्द्रबहादुर चेपाङको ज्यान गएको छ।

लोकबहादुरले आफ्नै मामा पर्ने चन्द्रबहादुर चेपाङको घरेलु मदिरा सेवन गरी कुटपिट गर्दा ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार चैत २६ गते सोमवारका दिन सँगै बसेर घरेलु मदिरा सेवन गर्दा वादविवाद भई लोकबहादुरले चन्द्रबहादुरलाई कुटपिट गरेका थिए।

कुटपिट भएको थाहा पाएपछि चन्द्रबहादुरकी श्रीमतीले छुट्याएर घरमा ल्याई सुताएकी थिइन्। तर, सोहि रातीनै कुटपिटबाट ज्यान गएको डिएसपी भण्डारीले बताए। घटनाको जानकारी भएपछि प्रहरीले कुटपिटमा संलग्न लोकबहादुरलाई नियन्त्रणमा लिएको छ। 
 

कमेन्ट लोड गर्नुस