सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मनाइयो विद्युतीय सुरक्षा दिवस

२०८० चैत्र २६, १२:५६ खबर संवाददाता

धनगढी: धनगढीमा विद्युतीय सुरक्षा दिवस मनाइएको छ। नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले सोमवार दिवस मनाएको हो। "विद्युतीय दुर्घटनाबाट वच्न सचेत रहौँ, समृद्धिको लागि विद्युत सदुपयोग गरौँ" भन्ने नाराका साथ यो वर्षको विद्युतीय सुरक्षा दिवस मनाइएको छ।

हरेक वर्ष चैत २६ गते नेपाल विद्युत प्राधिकरणले विद्युतीय सुरक्षा दिवस मनाउने गरेको छ। धनगढी बितरण केन्द्रले आयोजना गरेको कार्यक्रममा अत्तरिया प्रादेशिक कार्यलय र अत्तरिया ग्रिड शाखाको समेत उपस्थिति रहेको थियो।

विद्युतीय सुरक्षा सम्बन्धी सचेतता जगाउने उद्देश्यले धनगढी बितरण केन्द्रबाट सुरु भएको प्रभातफेरी  ट्राफिक चौराह-सहिद गेटबाट फर्किएर मिलनचोकहुँदै कार्यालयमा पुगेर सभामा परिणत भएको थियो।
कार्यक्रममा बोल्दै प्रादेशिक कार्यालय प्रमुख जङ्गबहादुर चन्दले सम्पूर्ण कर्मचारीहरूलाई  सुरक्षा सम्बन्धी आवश्यक निर्देशन दिएका थिए।

कमेन्ट लोड गर्नुस