सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अवैध काठसहित वनका सचिव पक्राउ

२०८० चैत्र २६, ११:५० खबर संवाददाता

धनगढीः कञ्चनपुरमा अवैध रूपमा लुकाएर राखेको काठसहित सामुदायिक वन उपभोक्ता समितिकै सचिव पक्राउ परेका छन्।

कृष्णपुर नगरपालिका–१ मा रहेको जगदम्बा मयुर सामुदायिक वन उपभोक्ता समितिका सचिव गोविन्द पन्तलाई अवैध काठसहित शुक्रवार पक्राउ गरिएको डिभिजन वन कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद ढकालले खेतमा काठ लुकाइछिपाइ राखेको अवस्थामा पन्तलाई पक्राउ गरिएको जानकारी दिए।

पन्तले अवैब रूपमा लुकाएर राखेको ५९ क्युफिट काठ समेत बरामद गरिएको डिभिजन वन अधिकृत कडेलले बताए। अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस