सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सुदूरपश्चिममै पहिलो पटक अनलाइनबाट नागरिकताको फारम सिफारिस

२०८० चैत्र २५, ०३:०१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा सुदूरपश्चिममै पहिलो पटक अनलाइनबाट नागरिकताको फारम सिफासि गर्ने व्यवस्था गरिएको छ।

आज (आइतबार) धनगढी उपमहानगरपालिका–२ का दीर्घराज जोशीकी छोरी प्रसंशा जोशीको नागरिकताको सिफारिस फारम कम्प्युटर सिस्टमबाट सिफारिस गरिएको हो।

धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख कन्दकलाकुमारी राना र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले प्रसंशा जोशीको नागरिकताको सिफारिस कम्प्युटर सिस्टमबाट सिफारिस गरि उक्त फारम हस्तान्तरण गरेर यस क्षेत्रमै पहिलो पटक अनलाइनबाट सिफारिस गरिएको हो। आजबाट यस्तो व्यवस्था सुरु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस