टीकापुरको एक घरमा आगलागी
२०८० चैत्र २३, ०८:३६
धनगढीः कैलालीको टीकापुर स्थित एक घरमा आगलागी भएको छ। टीकापुर नगरपालिका-८ श्रीलंकाटापुमा रहेको खरले छाएको कच्ची घरमा बिहीवार आगलागी भएको हो।
आगलागीबाट कपडा, अन्नपात र घर जलेर पूर्णरुपमा क्षति भएको छ। उक्त आगलागीबाट १ लाख ५० हजारको क्षति भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। बिओपी श्रीलंकाटापुबाट १० जनाको प्रहरी टोली र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस