सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसपीए कलेजमा ५० बढी देशमा प्रयोग हुने प्रविधिद्वारा पढाइ हुने

२०८० चैत्र २१, ०४:३९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजमा विश्वका ५० भन्दा बढी देशमा प्रयोग हुँदै आएको प्रविधिद्वारा अध्ययन अध्यापन हुने भएको छ। आधुनिक प्रविधिमैत्री शिक्षाका लागि एसपीए कलेजले आइएनजी ग्रुपको माइ सेकेन्ड टिचरसँग सहकार्य गर्ने भएको छ।

एसपीएका प्रबन्ध निर्देशक सुवाश शाही र इनोभेट नेपाल ग्रुप (आइएनजी ग्रुप) का अध्यक्ष सुलभ बुढाथोकीले बुधवार उक्त समझदारी पत्रमा हस्ताक्षर गरे। अध्ययन अध्यापनमा ५० बढी देशका ९ हजार भन्दा बढी विद्यालयहरू र विश्वका प्रशिद्ध क्याम्ब्रिज स्कुलहरूमा माइसेकेन्ड टिचर नवीनतम प्रविधिको प्रयोग भइरहेको छ। सोही प्रविधिलाई आइएनजी ग्रुपसँगको सहकार्यमा एसपीएले पनि भित्र्याएको हो।No description available.

समझदारीसँगै यस खाले आधुनिक प्रविधि भित्र्याउने एसपीए सुदूरपश्चिममा पहिलो कलेज बनेको छ। अब विद्यार्थीहरूले युग सुहाउँदो आधुनिक शिक्षाका लागि काठमाडौँ र देशबाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको एसपीएका प्रबन्ध निर्देशक सुवाश शाहीले बताए। आईएनजी ग्रुप एसपीएको पाठ्यक्रम र प्रविधि पार्टनरका रूपमा रहनेछ। अब देखि एसपीएका हरेक कक्षाकोठामा एक जना मानवीय र एक जना प्राविधिक शिक्षक गरी दुई जनाले विद्यार्थीहरूलाई अध्ययन अध्यापन गराउनेछन्। विद्यार्थीहरूले चाहेका बेला जहाँ र जतिसुकै बेला पनि प्राविधिक शिक्षक उपलब्ध हुनेछन्।

’एकसाथ, हामी विद्यार्थीहरूलाई शैक्षिक रूपमा सफल हुन आवश्यक पर्ने स्रोतहरूद्वारा सशक्तीकरण गर्ने र उनीहरूको पूर्ण क्षमता प्रस्तुत गर्ने लक्ष्य राख्छौँ।’ इनोभेट नेपाल ग्रुपका अध्यक्ष तथा माईसेकेन्ड टिचरका सह–संस्थापक सुलभ बुढाथोकीले भने। समझदारी बमोजिम माइ सेकेन्ड टिचरले एसपीए कलेजलाई सुदूरपश्चिम प्रदेशको पहिलो स्मार्ट कलेजका रूपमा स्थापित गरेको बुढाथोकीले बताए। यो समझदारीसँगै उच्च गुणस्तरीय शैक्षिक स्रोतहरू र नवीन शिक्षण विधिहरूमा विद्यार्थीहरूको पहुँच बढ्ने विश्वास अध्यक्ष बुढाथोकीले व्यक्त गरे।
 

कमेन्ट लोड गर्नुस