सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पुरुष तथा महिला राष्ट्रिय खो खो प्रतियोगिता हुने

२०८० चैत्र २०, ०५:०० खबर संवाददाता

धनगढी : कैलालीको धनगढीमा पुरुष तथा महिला राष्ट्रिय खो खो प्रतियोगिता हुने भएको छ। नेपाल खो खो सङ्घको आयोजनामा चैत २४ देखि २७ गतेसम्म धनगढीमा प्रथम यु–२१ राष्ट्रिय पुरुष तथा महिला खो खो प्रतियोगिता हुने भएको हो।

प्रतियोगितामा कर्णालीबाहेक ६ प्रदेशका महिला र पुरुष टोलीको सहभागिता रहने छ। सङ्घका अध्यक्ष प्रदीप महर्जनका अनुसार प्रतियोगितामा एक सय ४४ खेलाडी, २४ प्रशिक्षक र ६ जना टिम व्यवस्थापक गरी एक सय ७२ जनाको प्रत्यक्ष सहभागिता रहने सङ्घले जनाएको छ। प्रतियोगिताको सहआयोजक सुदूरपश्चिम खो खो सङ्घ हो।

प्रतियोगिताको विजेता टोलीलाई ५० हजार, उपविजेतालाई ३० हजार र तेस्रो हुने टोलीलाई २० हजार रुपियाँ प्रदान गरिनेछ। यस्तै वेस्ट रनर र चेजरलाई १०÷१० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ।

नेपालमा वि.सं.२०५२ सालमा खो खो खेल स्थापना भएको हो। यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिए पनि सङ्घले यु–२१ उमेर समूहको प्रतियोगिता आयोजना गर्न लागेको यो पहिलो पटक हो।

 

कमेन्ट लोड गर्नुस