वन पैदावार र चोरी मुद्दाका ४ फरार दोषी पक्राउ
धनगढीः वन पैदावार र चोरी मुद्दाका ४ फरार दोषी पक्राउ परका छन्।
पक्राउ पर्नेमा बिना ईजाजत वन पैदावार काटी ओसार पसार मुद्दामा ५ हजार ३६ जरिवाना ठहर भएका कैलारी गाउँपालिका ६ बस्ने रामकुमार चौधरी, चोरी मुद्दामा १२ हजार ५ सय जरिवाना ठहर भएका कैलारी गाउँपालिका ६ बस्ने अशोक चौधरी तथा सोही मुद्दामा २५ दिन कैद सजाय ठहर भएका जानकी गाउँपालिका ८ बस्ने प्रेम चौधरी, र जानकी गाउँपालिका ८ बस्ने शिवराज चौधरी रहेका छन्।
जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चारै जना प्रतिवादीहरुलाई आईतवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।