सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटाको एक गाई गोठमा आगलागी 

साङ्केतिक फोटो
साङ्केतिक फोटो
२०८० चैत्र १९, ०७:३२ खबर संवाददाता

कञ्चनपुरः शुक्लाफाँटाको एक गाई गोठमा आगलागी भएको छ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारी स्थित जितराम चौधरीको काठले बनेको कच्चि गाई गोठमा आईतवार साँझ आगलागी भएको हो। आगलागी हुँदा गाई गोठ र गोठ भित्र रहेका काठ लगायतका सामान गरी अन्दाजी ७५ हजार बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको। उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस