सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सोमबार सार्वजनिक बिदा

२०८० चैत्र १८, ०७:०१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा सोमबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।

सुदूरपश्चिमका रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो। चैत १९ गते खखडेहरा पर्वको बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले बताए।

उनका अनुसार प्रदेशभर भोलि बिदा रहने छ। रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ। एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन्।

कमेन्ट लोड गर्नुस