मेलौलीको श्रोत केन्द्रको भवनको छाना हावाहुरीले उडायो
बैतडीः बैतडीमा शनिवार दिउँसो वर्षासँगै आएको हावाहुरीले एक विद्यालयको छाना उडाएको छ।
मेलौली नगरपालिका–२ सलेनामा रहेको धर्मघर माविमा रहेको श्रोत केन्द्र भवनको छानो उडाएको छ। हावाहुरीले दुई कोठे श्रोत केन्द्रको छानो उडाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
हावाहुरीले जस्तापाताले छाएको छानो उडाउनुका साथै छानोमा प्रयोग गरिएको काठमा समेत क्षति पुगेको छ। भवनमा पुगेको क्षतिको बारेमा पुर्ण विवरण भने आइनसकेको प्रहरीले जनाएको छ।