बझाङमा मलामी गएका एक जनाको डुबेर मृत्यु
बझाङः बझाङमा मलामी गएका एक जनाको नदीमा डुबेर मृत्यु भएको छ। जयपृथ्बी नगरपालिका-७ धौलाबगर स्थित सेती नदीमा नुहाउने क्रममा डुबेर जयपृथ्बी नगरपालिका-६ बस्ने ४० वर्षीय धनजित आग्रीको शनिवार दिउँसो मृत्यु भएको हो।
चट्याङलागेर मृत्यु भएका गजेन्द्रबहादुर सिंहको दाह संस्कारको लागि मलामी गएका आग्री सेती नदीमा नुहाउने क्रममा बगेर अन्दाजी १ किलोमिटर तल नदीको किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपेश चौधरीले बताए।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबाट आवश्यक अनुसन्धान भईरहेको छ।