सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीकी लक्ष्मी आगलागीबाट घाइते

२०८० चैत्र १०, ०४:११ खबर संवाददाता

बैतडीः बैतडीमा आगलागीबाट एक वृद्धा घाइते भएकी छन्।

जिल्लाको पाटन नगरपालिका –७ किम्तोलीकी ७८ वर्षीया लक्ष्मीदेवी विक जलेर घाइते भएकी हुन्।

शुत्रवार साँझ घर नजिकै स्याउला जलाउने क्रममा भएको आगलागीबाट विक घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। आगलागीबाट उनको शरीरको पछाडीको भाग जलेको छ। घाइते वुद्धाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस