कञ्चनपुरमा सिकारीले थापेको पासोमा फस्यो चितुवा
कञ्चनपुरः कञ्चनपुरको चुरे वन क्षेत्रमा शिकारीको पासोमा चितुवा परेको छ।
कृष्णपुर नगरपालिका–१ मोतिपुरमा शिकारीले थापोको पासोमा चितुवा परेको हो। दीपेन्द्र स्मृति सामुदायिक वन क्षेत्रमा शिकारीले थापेको पासोमा चितुवा परेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ।
डिभिवन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलले शिकारजन्य गतिविधीमा संलग्न गिरोहले वन्यजन्तु मार्न बिच्छ्याएको जालोमा चितुवा परेको बताए। अहिलेसम्म चितुवाको स्वास्थ्य अवस्था ठिकै रहेको र खुट्टामा सामान्य चोट लागेको उनले बताए। उपचारपछि वनमा लगेर छाड्ने तयारी छ।