सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट लागुऔषधसहित दुई महिला पक्राउ 

२०८० चैत्र ८, ०९:३७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित दुई जना महिला पक्राउ परेका छन्।

बेलौरी नगरपालिका–४ शान्तिपुरबाट ९२ ग्राम ७१ मिलिग्राम लागुऔषधसहित दुई जनालाई प्रहरीले आज (बिहीवार) दिउँसो पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सोही ठाउँका ४८ वर्षीया प्रेमसागर कुमारी राना र २२ वर्षीया सिर्जना राना रहेका छन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले दुवै जनालाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस