सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवनियुक्त ३ प्रदेश प्रमुखले लिए शपथ

२०८० फाल्गुन ३०, ०७:०९ खबर संवाददाता

काठमाडौंःनवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन्।

गत सोमवार बसेको मन्त्रिपरिषद बैठकले मधेशमा सुमित्रा सुवेदी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियालाई प्रदेश प्रमुख नियुक्ति सिफारिस गरेको थियो। मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई बुधवार प्रदेश प्रमुखमा नियुक्त गरेका छन्।

उनीहरुले बुधबार नै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई बुधवार नै पदमुक्त गरेका थिए।
 

कमेन्ट लोड गर्नुस