सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा मेयरले चढ्ने सवा करोडको गाडीमा आगजनी गर्ने २ जना पक्राउ

२०७६ जेठ ४, ०५:२५ खबर संवाददाता

अछाम–जिल्लाको मंगलसेन नगरपालिकाको गाडीमा आगजनी गरेको आरोपमा २ जना पक्राउ परेका छन्। मंगलसेन नगरपालिका वडा नम्वर १ का बर्ष १९ को दिपेन्द्र जैगडी र सोहि ठाउका १९ बर्षकै एकेन्द्रराज नाथलाई पक्राउ गरिएको हो। नगरपालिकाका मेयर पदमबहादुर बोहराले प्रयोग गर्दै आएको बा २ झ ३६९४ नम्बरको गाडीमा आगजनि गरिएको थियो।

आगजनीमा संग्लन रहेको देखिएपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जनक बहादुर शाहीले जानकारी दिए। नगरपालिका परिषरदै राखिएको मेयर चढ्ने गाडी एक बर्ष अगाडी मात्रै एक करोड २० लाखमा खरिद गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस