१२ दिनमा धनगढीका ६ हजार बढी बालबालिकाले लगाए रुबेला खोप
धनगढीः दादुरा रुबेला खोप अभियानमा १२ दिनमा धनगढी उपमहानगरपालिका भित्रका ६ हजार भन्दा बढी बालबालिकाले खोप लगाएका छन्।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत दादुरा रुबेला खोप अभियान २०८० सफल पार्न फागुन १३ गतेदेखि २४ गतेसम्म धनगढी उपमहानगरपालिकामा सञ्चालित अभियानमा नगरपालिका भित्रका ६ हजार ९३ बालबालिकाले खोप लगाएका छन्।
जस्मा ९ देखि ५९ महिना सम्मका १६ हजार ६६३ बालबालिका र ५ देखि १५ वर्ष सम्मका ४३ हजार ४३० बालबालिकाले खोप लगाएको धनगढी उपमहानगरपालिको जनाएको छ। छुट भएका बालबालिकाहरुलाई यहि फागुन ३० गते खोप लगाउने प्रबन्ध रहेको समेत नगरपालिकाले जानकारी दिएको छ।