सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट व्यावसायीको टोली जर्मनी पुग्यो

२०८० फाल्गुन २५, ०४:२३ खबर संवाददाता

धनगढीः कैलालीबाट एक व्यावसायीको टोली जर्मनी पुगेको छ।

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीसहितको व्यावसायीक टोली जर्मनी पुगेको हो। जर्मनीको बर्लिनमा आयोजना गरिएको पर्यटन प्रवद्र्धन कार्यक्रममा सहभागी हुन टोली त्यहाँ पुगेको हो। महासंघका सुदूरपश्चिम अध्यक्ष बोगटीसँगै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, उपाध्यक्ष पुष्कर ओझा, कार्यकारी निर्देशक गोमा अधिकारीसहित व्यावसायीको टोली जर्मनी पुगेको छ।

जर्मनीमा आयोजित विश्वकै ठूलो पर्यटन व्यापार मेला ‘आइटिबी’ बर्लिन २०२४ मा सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गरिएको छ। पाटा नेपालले नेपालको पर्यटन व्यावसायमा आबद्ध निजी क्षेत्रका ४० विविध पर्यटन र हस्पिटालिटी व्यावसायिक कम्पनीसँगको सहकार्यमा फागुन २२ देखि २४ गतेसम्म आयोजित आइटिबी बर्लिनमा सहभागिता जनाएको थियो। पर्यटन उद्योगसम्बन्धी आयोजना भएको उक्त प्रवर्धनात्मक मेला विश्वकै सबैभन्दा ठूलो एवं अग्रिणी ‘ट्राभल ट्रेड शो’का रुपमा स्थापित कार्यक्रम हो।

कमेन्ट लोड गर्नुस