संसदमा पेश गरेको मिडिया काउन्सिल बिधेयकको विरोधमा कैलालीमा धर्ना

सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल बिधेयकको बिरोध गर्दै पत्रकार महासंघ कैलाली र नेपाल प्रेस युनियन कैलालीले बिरोध प्रदर्शन गरेको छ। जिल्ला प्रशासन कार्यालय कैलाली अगाडी धर्ना दिदै मिडिया काउन्सिल बिधेयकको बिरोध जनाईएको हो। धर्नाका क्रममा संसदमा पेस भएको बिधेयक तत्काल फिर्ता हुनुपर्ने माग गरिएको छ। मिडियालाई नियन्त्रण गर्ने उद्धेस्यले सरकारले विधेयक ल्याएकाले र त्यसको बिरोधमा पत्रकारहरु उत्रनुपरेको पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउदले बताए।


