सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरका २७ महिला सम्मानित

२०८० फाल्गुन २४, ०९:५२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरका २७ जना महिला सम्मानित भएका छन्।

बिहीवार धनगढीका विभिन्न वडाका फरक–फरक व्यवसायमा संलग्न महिलाहरुलाई नारी दिवसको अवसरमा सम्मान गरेको हो। महिलाहरुलाई आत्मनिर्भर बनाउँन तथा थप हौसला मिलोस भन्ने उद्येश्यले महिलालाई सम्मान गरेको उपमहानगरले जनाएको छ।

सम्मान हुनेमा पोते बनाउँने काम गर्दै आएका धनगढी–१ की नाजिया बानु, एकल महिला धनगढी–२ का अमनिकुमारी अवस्थी ओझा, फुलखेती तथा तरकारी खेती गर्दै आएका धनगढी–३ का मीरा नेपाली रहेका छन्।No description available.

यस्तै सिलाइकटाई गर्ने ४ जना, होटल तथा नास्ता पसल सञ्चालन गर्दै आएका ४ जना , बंगुरपालन गर्दै आएका २ जना अटोरिक्सा चलाउँदै आएका २ जना , डेरी सञ्चालन गर्दै आएका १ जना सम्मानित भएका छन्।

दुनाटपरी उद्योग सञ्चालन गर्दै आएका ३ जना, उद्योग सञ्चालन गर्दै आएका ३ जना र सामुदायिक विद्यालय बाट १२ कक्षामा उतीर्ण भएका मध्ये बासुदेव माध्यमिक विद्यालयका उत्कृष्ट छात्रा हीराकुमारी बिनाडी  सम्मानित भएका हुन्। त्यस्तै एकल तथा अन्य तीन जना  सम्मानित भएका छन्। 
 

कमेन्ट लोड गर्नुस