धनगढीमा विश्व मोटोपन दिवसको अवसरमा स्वास्थ्य परीक्षण
धनगढी: विश्व मोटोपन दिवसको अवसरमा धनगढीमा सामान्य स्वास्थ्य परीककण गरिएको छ। स्वास्थ्य कार्यालय कैलालीले मङ्गलवार धनगढी रङ्गशालामा सर्वसाधारणको सामान्य स्वास्थ्य परीक्षण गरेको हो।
बिहान ७ बजे ८: ३० बजे सम्म रङ्गशाला गेटमा विश्व मोटोपन दिवसको अवसरमा सर्वसाधारणको नि:शुल्क सामान्य स्वास्थ्य परिक्षण गरिएको हो। बिहानको समयमा मर्निङवाक गर्ने व्यक्तिहरूलाई लक्षित गरेर स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य कार्यालय कैलालीका हेल्थ असिस्टेन्ट मिनबहादुर धामीले बताए। उनले मोटोपन दिवसको अवसरमा स्वास्थ्य परीक्षण गर्न सजग होउन भनेर सर्वसाधारणको सुगर, रक्तचाप, तौल र उचाइ परीक्षण गर्ने कार्यक्रम राखिएको बताए।
नियमित स्वास्थ्य परीक्षण गर्न जनचेतना जगाउने उद्देश्यले राखिएको कार्यक्रममा ५३ जनाले सामान्य स्वास्थ्य परीक्षण गराएको धामीले बताए।