धनगढीको मोडर्न स्कुलको वार्षिकोत्सव सम्पन्न
धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित मोडर्न स्कुलको वार्षिकोत्सव सप्पन्न भएको छ। विद्यालयले मङ्गलवार एक समारोहमा ३३ औं वार्षिकोत्सव सम्पन्न भएको हो।
प्रमुख अतिथि डाक्टर विष्णुकान्त पन्त रहेको वार्षिकोत्सव तथा अभिभावक दिवसमा विद्यालयका अभिभावकहरूको उपस्थिति रहेको थियो।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति देखाएका थिए। २०४८ सालमा स्थापना भएको मोडर्न स्कुल धनगढीको पुरानो निजी विद्यालय मध्ये एक हो।