सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी  महासंघको निर्वाचनमा सुदूरका ४ जनाको मनोनयन दर्ता

२०८० फाल्गुन १९, ०९:२५ खबर संवाददाता

काठमाडौँः नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी  महासंघको ७ औं महाधिवेशनमा सुदूरपश्चिमबाट केन्द्रीय सचीवका लागि सम्भु लामिछानेले उम्मेदवारी घोषणा गरेका छन्।

सुदूरपश्चिमको धनगढीबाट एक दशक लामो समयदेखि पुस्तक व्यवसायमा सकृय लामिछानेले केही समय अगाडि मात्र सचीवमा मनोनयन दर्ता गराएका हुन। लामिछानेको प्रस्तावकमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी  महासंघ सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष  श्याम पाठक र समर्थकमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी   संघ कैलालीका अध्यक्ष भिम पडाल रहेका छन्।

त्यस्तै केन्द्रीय सदस्य स्टेसनरी तर्फ योगेन्द्र बहादुर शाही र केन्द्रीय सदस्यमै पुस्तक तर्फ शकरदत्त भट्टले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन। भुगोल तर्फ केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट शंकरबहादुर कठायतले मनोनयन दर्ता गराएका हुन।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी  महासंघको नयाँ नेतृत्वका लागि ५२ जनाको केन्द्रिय कमिटी २ वर्षका लागि चुनिनेछ। अहिलेसम्म केन्द्रीय अध्यक्षमा त्रिपक्षिय भिडन्त देखिएको छ। अध्यक्षमा ऋषिराम शर्मा, दिवाकर घिमिरे र शिवसागर शर्माले मनोनयन दर्ता गराएका छन्।
 

कमेन्ट लोड गर्नुस