कञ्चनपुरबाट तीन जना फरार दोषी पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा विभिन्न मुद्धामा दोषी ठहर भइ फरार रहेका तीन जना पक्राउ परेका छन्।
अभद्र व्यवहार गरेको आरोपमा दोषी ठहर भइ फरार रहेका पंकज ठाकुर र धनिराम लुहार पक्राउ परेका छन्। ठाकुरलाई जिल्ला अदालत कञ्नपुरले २०७८ पौष ५ गते पाँच सय जरिवाना तोकेका थियो भने लुहारलाई २०८० जेष्ठ १० गते सात हजार जरिवाना तोकेको थियो।
त्यस्तै चोरी मुद्धामा फरार रहेका राहुल चन्द पनि बिहीवार पक्राउ परेका छन्। उनलाई अदालतले २०७३ असार ६ गते १८ दिन कैद र छ सय ६१ रुपैँया जरिवाना तोकेको थियो। पक्राउ गरेका तीनै जनालाई कारागार पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।