सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा तीन जना भन्सार छलिका सामानसहित पक्राउ

२०८० फाल्गुन १७, १२:१४ खबर संवाददाता

कैलालीः कैलालीमा तीन जना भन्सार छलिका सामानसहित पक्राउ परेका छन्।

कैलालीको गोदावरी नगरपालिका-३ चौकीडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १९ हजार ४०० मूल्यको इन्डिगो कम्पनीका सुपर ग्लोस इनामेल २०० मिलिलिटरका डिब्बा थान १० र ५०० मिलिलिटरका डिब्बा थान १२ लगायतका सामान र गोदावरी-३ मालाखेतीबाट ४ लाख ६ हजार ४०० मूल्यको प्याज, मोटरसाईकल ३ थानसहित तीन जनालाई बुधवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

उक्त सामानसहित पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ। यस्तै धनगढी उपमहानगरपालिका-५ हसनपुर, धनगढी-८ धनगढी गाउँ, धनगढी-९ बाङ्ग्राकटान, धनगढी-१२ पटरीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ७० हजार ९०० सय मूल्यको बिडी, प्लाष्टिक झिल्ली, जिरा, नरिवल धुलो, गुलाबजामन पाउडर, बेसन, केक चेरी लगायतका सामान र भजनी नगरपालिका-१ पडरीया, वडा नम्बर ६ नवलपुरबाट ७५ हजार बराबरको चिनी,ललिपप, चक्लेट मोटरसाईकलको व्यारिङ लगायतका सामान बराबद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका भुजेला र भीमदत्त-११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख १७ हजार ६८० बराबरको चिनि, मिश्री, गुड, तेल, चियापत्ती, मिठाई, कोटको कपडा, झुल, फोटो फ्रेम, धुप, कालो पोल्थीन, किट्नाषक औषधी लगायतका सामान र पुनर्वास नगरपालिका ११ देउरालीबाट १७ हजार ४७० बराबरको चिनी, सुर्ती, बिडी, नमकिन, चक्लेट लगायतका सामान बुधवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस