धनगढीका एक युवक लागूऔषधसहित पक्राउ
२०८० फाल्गुन १७, ०८:५७
धनगढीः कैलालीको धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका-३ भन्सारबाट ४० मिलिग्राम लागूऔषध खैरोहेरोईनसहित धनगढी-१ शिवनगर बस्ने २२ वर्षीय भरतराज जोशीलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले जोशीको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस