सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौडी नगरपालिकामा ई-हाजिरी सुरू

२०८० फाल्गुन १६, ०९:०१ खबर संवाददाता

धनगढी: बैतडीको पुर्चौडी नगरपालिकाले एकीकृत हाजिरी प्रणालीको सुरूवात गरेको छ। बुधवारबाट नगर कार्यपालिकाकाे कार्यालयमा एकीकृत हाजिरी प्रणाली अर्थात् ई-हाजिरीकाे सुरूवात गरिएको हो।

नगरपालिकामा प्रविधिकाे उच्चतम प्रयाेग गरी कार्यालयमा हुने हाजिरीलाई चुस्त दुरूस्त बनाउन ई-हाजिरीको सुरुवात गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले बताए। उनले समय व्यवस्थापनमा कर्मचारीहरूलाई मितव्ययी हुन प्रेरित गर्न र सेवा प्रवाहलाई जनमुखी एवम् उत्तरदायी बनाउन एकीकृत हाजिरी प्रणालीको सुरुवात गरिएको बताए।

नगरपालिकाले एकीकृत हाजिरी प्रणाली नगरपालिकाका सबै वडा, १० वटा स्वास्थ्य चौकी र दुई वटा सामुदायिक स्वास्थ्य इकाईमा यो वर्षभित्रै जडान गर्ने जनाएको छ।

कमेन्ट लोड गर्नुस