कञ्चनपुरमा विभिन्न प्रकारका लागुऔषधसहित एक जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा विभिन्न प्रकारका लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका-४ खुल्ला मञ्च कम्पाउण्ड भित्रबाट प्रतिबन्धित लागूऔषध बुपरनेशन इन्जेक्सन आइपी २ एमएल एम्पुल–१० थान, फेनारगन एम्पुल–१० थान, लाइफलाइन सिरिन्ज ३ एमएल ५ थान, ५ एमएल १८ थानसहित सोही ठाउँ बस्ने २२ वर्षीय रमेश दमाईलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।