लागुऔषध मुद्धामा फरार रहेका एक जना भारतिय नागरिक पक्राउ
धनगढीः कैलालीमा लागुऔषध मुद्धामा फरार रहेका एक जना भारतिय नागरिक पक्राउ परेका छन्।
भारतको पिलिभित विशनपुर देउरीया ग्रामका ४१ वर्षीय पप्पु भन्ने जहिर खानलाई विहीवार पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत कैलालीले लागुऔषध मुद्धामा ४ वर्ष ९ महिना २१ दिन कैद सजाय र १० हजार ५ सय रुपेैँया जरिवाना तोकिएको थियो।
उनी सोहि दिनबाटै फरार रहेका थिए। त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई आज (विहीवार) धनगढी उपमहानगरपालिका २ बाट पक्राउ गरेको हो।