दिल्पेश्वर भलिबलको उपाधि आयोजकले जित्यो
डोटीः दिल्पेश्वर भलिबल लिगको उपाधि आयोजक दिल्पेश्वर स्पोर्टस क्लवले हात पारेको छ।
शनिवार दिल्पेश्वर मैदानमा सम्पन्न फाइनल खेलमा शिखर नगरपालिकालाई हराउँदै दिल्पेश्वर स्पोर्टस क्लबले उपाधि चुमेको हो। उपाधीसँगै क्लबले १ लाख ११ हजार रूपैयाँ पुरस्कार पाएको छ।
उपविजेता बनेको शिखर नगरपालिकाको टिमले ५० हजार नगद र तृतीय स्थान प्राप्त गरेको नेपाली सेनाको श्री नं. ५ बाहिनी अड्डा राजपुरले २५ हजार पाए। भलिबेल खेल सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा सबैभन्दा बढी खेलिने विधा हो।
प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल प्रतियोगीतामा डोटीले लगातार ३ वर्ष उपाधि चुमेको छ। दर्शकहरुले खचाखच भरिएको दिल्पेश्वर मैदानमा सम्पन्न फाइनल खेलमा सुरूको सेट शिखरले २५ ÷१६ अङ्कको फराकिलो अन्तरले जित सुरूवात गरेको थियो। तर त्यस पछिका तीन सेटमा लगातार आयोजकले २५÷११, २५÷२३,२५÷१७ को अन्तरमा शिखरलाई पराजय गर्दै उपाधि जितेको थियो। माघ २९ गतेदेखि सुरु प्रतियोगितामा १५ टिम सहभागी रहेका थिए।