सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा खाना पकाउने ग्याँस लिक भएर घरमा आगलागी

२०८० फाल्गुन ३, ०९:४१ खबर संवाददाता

बाजुराः बाजुरामा खाना पकाउने ग्याँस लिक भएर घरमा आगलागी भएको छ।

गौमुल गाउँपालिका-१ माडी वस्ने महेन्द्र रोकायाको २ तले ४ कोठे कच्ची घरमा खाना पकाउन बालेको ग्याँस लिक भई बुधवार आगलागी भएको हो। आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुँडा, जस्तापाता र काठ लगायतका सामान गरि अन्दाजी २ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

कमेन्ट लोड गर्नुस