बैतडीमा एक सहकारीले गर्यो उद्योग सञ्चालन
बैतडीः बैतडीमा प्रशोधित पिउने पानी उद्योग सञ्चालनमा आएको छ।
दोगडाकेदार गाउँपालिका–७ मा नवयुग बचत तथा ऋण सहकारी संस्थाले नवयुग प्रशोधित पिउने पानी उद्योग सञ्चालनमा ल्याएको हो।
३२ लाखको लागतमा उद्योग सञ्चालनमा ल्याएको सहकारीका अध्यक्ष दानसिंह कार्कीले बताए। दोगडाकेदार प्रशोधित पिउने पानी नाम राखेर बजारमा पानीका बोतल विक्रीका लागि पठाउन समेत थालिएको छ। शनिवार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले उक्त उद्योगको उद्घाटन गरेका थिए।