सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भीमदत्तले उचाल्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

२०८० माघ २७, ०६:३१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुर जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि भीमदत्त नगरपालिकाले जितेको छ।

शनिबार कृष्णपुरमा सम्पन्न १४ औं जिल्ला स्तरिय प्रतियोगितामा १९ स्वर्ण, १२ रजत र १३ कास्य गरी ४४ पदकसहित भीमदत्तले उपाधि जितेको हो। प्रतियोगितामा शुक्लाफाँटाले दोस्रो स्थान हासिल गरेको छ। शुक्लाफाँटाले १२ स्वर्ण, १० राजत र ५ कास्य गरी २७ पदक जितेको छ। ८ स्वर्ण ३ रजत र १० कास्य गरी २१ पदकसहित कृष्णपुर नगरपालिका तेस्रो भएको छ।

१८२ पदकका लागि भएको प्रतियोगितामा दोधारा–चाँदनी नगरपालिका ६ स्वर्ण, ४ रजत र ७ कास्यसहित चौथो, पुनर्वास नगरपालिका ३ स्वर्ण, ५ रजत र ८ कास्य सहित पाँचौ, बेदकोट नगरपालिका २ स्वर्ण, ११ रजत र १५ कास्य सहित छटौं, बेलौरी नगरपालिका २ स्वर्ण, ३ रजत र १३ कास्य सहित सातौं, बेलडाँडी गाउँपालिका ३ रतज र ५ कास्यसहित आठौं र लालझाडी गाउँपालिका १ रजत र २ कास्यसहित नवौ भएका छन्। कञ्चनपुर जिल्ला खेलकुद समितिको आयोजना र कृष्णपुर नगरपालिकाको सह–आयोजना तथा व्यवस्थापनमा माघ २७ गतेदेखि प्रतियोगिता सुरु भएको थियो।

कमेन्ट लोड गर्नुस