सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरबाट लागूऔषधसहित एक युवक पक्राउ

२०८० माघ २६, ०८:१३ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

टीकापुर नगरपालिका-९ स्थित खक्रौला सडक खण्डबाट नेटराभेट १० लेखेको अबैध लागूऔषध १४ ट्याबलेटसहित टीकापुर नगरपालिका-८ बस्ने ३० वर्षीय अजय साँउद बिहीवार साँझ पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले साँउदको साथबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस