सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब वैदेशिक रोजगार विभागले पीडितका उजुरी आफैं लेखिदिने

। फोटो स्रोत ।
२०७६ वैशाख ३०, ०२:०४ खबर संवाददाता

वैदेशिक रोजगार विभागले पीडितका उजुरी निःशुल्क रुपमा लेखिदिन थालेको छ। वैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाथ गुरागाईंले दिएको जानकारी अनुसार वैदेशिक रोजगारमा दुःख पाएर उजुरी दिनेहरुबाट मनपरी शुल्क लिएर निवेदन लेखिदिने गरेको पाएपछि विभागले निवेदन लेखिदिन सुरु गरेको हो।

सुचना अधिकारी गुरागाईंले पीडित अब व्यक्तिगत उजुरी दिनुपर्ने भए मुद्दा तथा अनुसन्धान शाखाबाट र संस्थागत उजुरी संस्थागत शाखाबाट उजुरी लेखाउन सकिने बताएँदै उनले यसले उजुरी लेखाउने नाममा भइरहेको ठगी समेत रोकिने र उजुरी लेख्न अहिले भइरहेको खर्च जोगिने बताए।

सेवाग्राहीहरुबाट उजुरी लेख्न बिचौलियाहरुले  दुईदेखि पाँच हजार रुपैयाँसम्म लिने गरेका छन्। यस्तै विभागले अहिले देखिएको उजुरीका प्रतिवादीसम्म उजुरीको सूचना चुहिने अवस्थाको पनि अन्त्य हुने विश्वास गरेको जनाएको छ।  

कमेन्ट लोड गर्नुस