गण्डकी र एपिएफ तेस्रो मुख्यमन्त्री कप भलिबलको फाइनलमा
कञ्चनपुरः गण्डकी प्रदेश र सशस्त्रको एफिएफ क्लव कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
शुकवार प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशले नेपाल प्रहरीको टिमलाइ पराजित गरेको हो। गण्डकी प्रदेशले नेपाल प्रहरीलाई ३ –२ को अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। त्यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। एफिएफ क्लबले त्रिभुवन आर्मी लाई ३–२ का अन्तरले पराजित गरेको हो।
गण्डकी प्रदेश र एफिएफका बीच शनिवार दिउँसो १२ बजे फाइनल खेल हुने छ। त्यस अघि तेस्रो स्थानका लागि नेपाल प्रहरीको टिम र त्रिभुवन आर्मी क्लब एक आपसमा प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा सात वटै प्रदेश र तीन विभागिय टिम गरि १० वटा टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रथम हुने टिमलाई ४ लाख, द्धितिय हुने टिमलाइ २ लाख र तृतीय हुने टिमलाई नगद १ लाख सहित ट्रफी प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । चौथो हुने टिमलाई समेत ५० हजार नगद प्रदान गरिने छ।